मुर्दा भएर के भो म कफन उठाएर भेट्न आउँछु !
जसले देशलाई घात गर्छ उसकै घाँटी रेट्न आउँछु !!फुल बनेर काँडाहरुलाई पनि नरम बनाउन सक्छु,
सम्झ कि यो अङ्कुर माया बोकेर प्यास मेट्न आउँछु!!एक मुठ्ठी माटो अर्काको कब्जामा जान दिनेछैन आमा,
तिम्राे अस्मिता माथि प्रहार गर्नेलाई लखेट्न आउँछु !!ती भ्रष्ट मुखहरुलाई सधैँ कति हेरेर मात्रै बस्ने हो भन्या,
आऊ देशभक्तहरु सबै मपनि त्यस्तालाई घचेट्न आउँछु !!मुखमा राम बगलीमा छुरा बोक्ने राष्ट्रबादी बुख्याचालाई ,
पर्ख एउटै ठुलो खाल्डो खनेर त्यसैमा लपेट्न आउँछु !!
अङ्कुर चन्द
बेदकोट नगरपालिका
सुदुरपस्चिम