भोलि नारायणहिटी दरबार अगाडि आमसभा: ओली समुहका तीन शिर्ष नेताको सम्बोधन


[ss_social_share]
लेखक : लेखापढी      २२ माघ २०७७, बिहीबार १८:२९ मा प्रकाशित     
भोलि नारायणहिटी दरबार अगाडि आमसभा: ओली समुहका तीन शिर्ष नेताको सम्बोधन

काठमाडौं । भोलि नेकपा केपी ओली पक्षको समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्दैछ ।

उक्त जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । उक्त सभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएका छन् । सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

मध्याह्न १२ बजेदेखि  हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ ।  जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिए ।
प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा मोटरसाइकल र्याली समेत गरेको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares