सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ,न कि बन्द हड्ताल: पूर्बराजा ज्ञानेन्द्र शाह


सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ,न कि बन्द हड्ताल: पूर्बराजा ज्ञानेन्द्र शाह

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले (नेकपा –प्रचण्ड–माधव नेपाल) समूहले गरेको आमहड्ताल प्रति ध्यानाकर्षण भएको जनाएका छन्। 

बिहिवार बिहान सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले नेकपाको एक समूहले गरेको हड्ताल प्रति लक्षित गर्दै ट्वीट गरेका हुन्। 

उहाले लेखेका छन्- ‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ,’ पूर्व राजाले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न।’