निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौं बन्द हुदैन – गृह मन्त्रालय (बिज्ञप्ति सहित)


[ss_social_share]
लेखक : लेखापढी      २२ माघ २०७७, बिहीबार ०३:५९ मा प्रकाशित     
निर्धक्क व्यवसाय चलाउनुस्, सुरक्षा दिन्छौं बन्द हुदैन – गृह मन्त्रालय (बिज्ञप्ति सहित)

काठमाडौँ- प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा आज (बिहिबार) आयोजित आम हड्तालमा उद्योगी तथा व्यवसायीलाई पूर्ण सुरक्षा प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ । गृहले उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत सञ्चालन गर्न पनि आग्रह गरेको छ।
उक्त समुहले गर्ने आम हड्तालमा संग्लग्नहरुलाई कडा कारबाहि गर्ने समेत गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा बुधबार साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्वद्ध सबै पक्षसँग मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा दैनिक सञ्चालन हुने उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै वाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने उल्लेख छ ।

‘यातायात व्यवसायी लगायत सबै उद्यागी–व्यवसायीलाई निर्धकक एवं पूर्ववत्रुपमा आ–आफ्नो उद्योगधन्दा, पेशा–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •