प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द गाडी पुग्यो


[ss_social_share]
लेखक : लेखापढी      २२ माघ २०७७, बिहीबार २०:२४ मा प्रकाशित     
प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहँदा सेनाको बख्तरबन्द गाडी पुग्यो

धनगढी – नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन चलिरहेका बेला नेपाली सेनाको हतियारसहितको बख्तरबन्द गाडी गुडेको छ ।

ओली समूहले समेत आमहड्तालविरुद्ध प्रदर्शन गरिरहेका बेला सेनाको बख्तरबन्द गुडेपछि प्रदर्शनकारी तितरवितर भएका थिए ।

नेपाली सेनाको जंगीअड्डाका सहायक प्रवक्ता पदम बुढाका अनुसार बख्तरबन्द गाडीको नियमित अभ्यास चलिरहेको छ र धनगढीमा आइपुग्नु संयोग मात्रै हो ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका महासेनानी बुढाका अनुसार १९ र २१ माघमा सेनाले बख्तरबन्द गाडीको नियमित अभ्यास गरेको थियो ।

सोही अनुसार नेपालगञ्जबाट फर्किएको बख्तरबन्द गाडी र प्रदर्शनकारीबीच धनगढीमा जम्काभेट भएको साथै बिहीबार सेनाको अभ्यास सकिएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares