संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट


लेखक : लेखापढी      २१ माघ २०७७, बुधबार १९:३८ मा प्रकाशित     
संवैधानिक निकायका नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

 विभिन्न संवैधानिक निकायमा नियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गरेका छन्, ‘सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’

त्रिपाठीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै संविधानविपरित रहेको दावी गर्दै सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २,८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख छ । रिटमा परिषदका ६ मध्ये ३ जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाईबिनै ती आयोगहरुमा नियुक्तिको परिकल्पना संविधान नगरेको उल्लेख छ ।