नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सम्हाले अख्तियारको कार्यभार


नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले सम्हाले अख्तियारको कार्यभार

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

टंगालस्थित अख्तियार कार्यालय पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हालेका हुन् ।

राष्ट्रपति निवासमा शपथग्रहण गरेलगत्तै नवनियुक्त आयुक्तहरूसँगै राई पदभार ग्रहणका लागि कार्यालय पुगेका थिए ।

उनीसँगै नवनियुक्त आयुक्तद्वय जयबहादुर चन्द र किशोरकुमार सिलवालले पनि कार्यभार सम्हालेका छन् ।

अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।