प्रचण्ड-माधव समूहको भोलि आम हड्ताल गर्ने घोषणा


[ss_social_share]
लेखक : लेखापढी      २१ माघ २०७७, बुधबार १५:०४ मा प्रकाशित     
प्रचण्ड-माधव समूहको भोलि आम हड्ताल गर्ने घोषणा

नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले बिहीबार आम हड्ताल गर्ने भएको छ । देशभर आन्दोलनलाई थप सशक्त बनाउन यो समूहले बिहीबार आम हड्ताल गर्ने भएको हो ।

नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाएका छन् । 

बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताएका हुन् । 

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •