आजदेखि अनलाइनबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न मिल्ने


[ss_social_share]
लेखक : लेखापढी      २१ माघ २०७७, बुधबार १२:०९ मा प्रकाशित     
आजदेखि अनलाइनबाटै ट्राफिक नियम उल्लंघनको जरिवाना तिर्न मिल्ने

२१ माघ, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ ।

सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्न मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि बैङ्कमा लामो लाइन बस्नुपर्ने भएकोले निकै धेरै समय खर्च र झन्झट व्यहोर्दै आएका थिए ।

टीभीआरएस (ट्राफिक भायोलेन्स रेकर्ड सिस्टम) मार्फत आजदेखि अनलाइनबाटै जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •