सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित


[ss_social_share]
लेखक : लेखापढी      २१ माघ २०७७, बुधबार ११:४६ मा प्रकाशित     
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिसमा परेका संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण कानूनी र राजनीतिक विवादका बीच भएकोले संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोहलाइ उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्छ । यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ ।

सुनुवाई समितिमै नपुगी ४५ दिन पुर्‍याएर अनुमोदनविनै नियुक्त गरिनु अवैधानिक हुने तर्क कानुनविद्हरूको छ । सुनुवाईविना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।

सभामुख सापकोटा निकट स्रोतले दिएको जानकारी अनुसार संविधान मिचेको साक्षी बन्न उनी अनपस्थित रहेका हुन् । यसैगरी सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी नभएको स्रोतले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •