दाहाल–नेपाल समूहले गरे आयोगमा नेकपाको आधिकारिकता दाबी


लेखक : लेखापढी      २० माघ २०७७, मंगलवार १२:५७ मा प्रकाशित     
दाहाल–नेपाल समूहले गरे आयोगमा नेकपाको आधिकारिकता दाबी

काठमाडौं–नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ । दाहाल–नेपाल समुहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हाे ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी पेश गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले भने, ‘दाबी प्रस्ताव गर्न दल ऐनको धारामा टेकेका छौं ।’

वरिष्ठ नेता खनालले ४४१ सदस्यीय केन्द्रीय कमिटीको झन्डै ७० प्रतिशत सदस्य आफूहरुसँग रहेको साथै केन्द्रीय कमिटी बैठकहरुबाट प्रमाणित तथ्य, प्रमाण र विधानको व्यवस्था समेटेर दाबी प्रस्तुत गरेको बताए ।