सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल


[ss_social_share]
लेखक : लेखापढी      २० माघ २०७७, मंगलवार १२:५८ मा प्रकाशित     
सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल

धनगढी । गुरुकुल सेक्युरिटी कैलालीको धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्ट्स अवार्डको सेक्युरिटी पार्टनर भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्ट्स अवार्डको लागि धनगढीमा रहेको गुरुकुल सेक्युरिटीले सेक्युरिटी पार्टनरको रुपमा साथ दिएको हो ।

गुरुकुल सेक्युरिटीका सञ्चालक प्रकाश चन्द र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य गगन अयडीले सम्झौतापत्रमा हस्ताक्षर गरे । चन्द नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्षसमेत हुन् । उनले लामो समयदेखि धनगढीमा सेक्युरिटी सेवा प्रदान गर्दै आएका छन् । अवार्डको समयको सम्पूर्ण सुरक्षाको जिम्मा गुरुकुल सेक्युरिटीको हुने भएको छ ।

आउँदो चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडी र प्रशिक्षक गरी विभिन्न नौ विधामा अवार्ड दिइने छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •