म्यानमार सैनिक ‘कू’ बिरुद्ध सेनालाई अमेरिकी रास्ट्रपति बाइडनको कडा चेतावनी


[ss_social_share]
लेखक : लेखापढी      २० माघ २०७७, मंगलवार ०२:४६ मा प्रकाशित     
म्यानमार सैनिक ‘कू’ बिरुद्ध सेनालाई अमेरिकी रास्ट्रपति बाइडनको कडा चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन्।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्।

अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।

युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्।

नेपालको धारणा:

नेपालको परराष्ट्र मन्त्रालय म्यान्मारमा विकसित घटनाक्रमबारे सोमवार साँझ एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले नेपालले सबै पक्षले “म्यान्मारका जनताको इच्छालाई सम्मान गर्ने” र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनः स्थापित हुने विश्वास व्यक्त गरेको छ।

सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र नेत्री आङ सान सू चीसहित अन्य नेताहरूको सुरक्षाबारे चासो व्यक्त गर्दै नेपालले उनीहरूलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •