आज सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने


[ss_social_share]
लेखक : लेखापढी      १९ माघ २०७७, सोमबार ०२:५२ मा प्रकाशित     
आज सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने

काठमाडौं । नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ । सैन्य हतियारयुक्त बिशेष गाडीहरु नियमित अभ्यासका लागि आज सोमबार राति चक्रपथमा निस्कने जनाएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

जंगीअड्डाले भने सैनिक प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको सन्देश दिने कोशिश गरेको छ । ‘विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरिएको हो ।’

सैनिक प्रबक्ता पौडेलका अनुसार माघ २१ गते आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट पनि देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना छ । बख्तरबन्द गाडी सेना दिवस तथा शान्ति सेनामा पनि प्रयोग गरिन्छ । बख्तरबन्दको अवस्था के कस्तो छ भनी परीक्षण गर्न अभ्यास गर्ने गरिन्छ ।

विश्लेषकहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •