आईपीओ: माघ २८ देखि महिला लघुवित्तको कित्ता सर्वसाधारणलाई बिक्री गरिने


[ss_social_share]
लेखक : लेखापढी      १९ माघ २०७७, सोमबार १३:११ मा प्रकाशित     
आईपीओ:  माघ २८ देखि महिला लघुवित्तको कित्ता सर्वसाधारणलाई बिक्री गरिने

काठमाडौं । महिला लघुवित्तले माघ २८ गतेबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ४ करोड रुपैयाँ बराबरको ४ लाख साधरणस सेयर बिक्री गर्न लागेको हो । 

कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको भने बाँकी रहेको रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री हुनेछ । 

नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर वेवसाइट र एपमार्फत आईपीओमा आवेदन गर्न सकिनेछ । कम्पनीको आईपीओमा माघ २८ गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । 
हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ बिक्री पछि चुक्ता पुँजी १० अर्ब पुग्नेछ । 

आईपीओ बिक्री पछि कम्पनीको संस्थापक र साधारण सेयर संरचना ६०ः४० प्रतिशत हुनेछ । कम्पनीको आईपीओ निष्कासकाको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ लि. रहेको छ । 

२०७७  माघ ८ गते बोर्डले कम्पनीलाई आईपीओ निष्कासन अनुमति प्रदान गरेको थियो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares