लिभरपुलले आज वेस्टहमसँग प्रतिस्पर्धा गर्दै


[ss_social_share]
लेखक : लेखापढी      १८ माघ २०७७, आईतवार १३:१६ मा प्रकाशित     
लिभरपुलले आज वेस्टहमसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं-  इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आज (आइतबार) वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । वेस्टहमको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १०ः१५ मा सुरु हुनेछ ।

लिभरपुल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष तीनमा उक्लने योजनामा छ । वेस्टहमले आजको खेलमा जित निकाल्न सकेमा एक स्थानमाथि उक्लने छ ।

लिभरपुल २० खेलबाट ३७ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको वेस्टहम एक स्थान तल छ ।

प्रिमियर लिगअन्तर्गत आज नै हुने अर्काे खेलमा चेल्सीले बर्नलीसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल बेलुका ५ः४५ मा सुरु हुनेछ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •