प्रमको चितवन भ्रमण: नेकपा प्रचण्ड–माधव पक्षको अबरोध


प्रमको चितवन भ्रमण: नेकपा प्रचण्ड–माधव पक्षको अबरोध

चितवन । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि चितवनमा नेकपा प्रचण्ड–माधव पक्षले ठाउँठाउँमा टाएर र पर्चा फ्यांँकेर विरोध र अवरोध गरेको छ । विद्यार्थी संगठन अनेरास्ववियूले चितवनको ठाउँठाउँमा टायर बालेर विरोध गरेका हुन् ।

उनीहरुले भरतपुरको आँपटारी र गोन्द्राङ्ग क्षेत्रमा टायर बालेर नाराबाजीसहित विरोध गरेका थिए । उनीहरुले असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, पार्टी एकता जिन्दावादलगायत नारा लेखिएको कालो पर्चा सडकमा छरेका छन् । 

 
 

प्रधानमन्त्री ओलीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ छ लेन सडक विस्तारको शुभारम्भ र शिलान्याससँगै जनसभा गर्न चितवन आउन लागेका हुन् । 

प्रधानमन्त्री ओली आउने भएपछि विभिन्न चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रम मध्यान्ह १२ बजे तय गरिए पनि भरतपुर विमानास्थलको भिजिविलीटी न्यूनभएपछि प्रधानमन्त्रीको टोलीसहित सेनाको हेलिकप्टरमार्फत आउने बताइएको छ । 

भरतपुर बसपार्कमा हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायत नेताले  सम्बोधन गर्ने कार्यक्रम छ ।