जङ्गी अड्डामा प्रधानसेनापति थापा र अमेरिकी राजदूत भेटबार्ता


जङ्गी अड्डामा प्रधानसेनापति थापा र अमेरिकी राजदूत भेटबार्ता

काठमाडौँ- प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय  जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरुबारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका भएको बताएका थिए । लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता रहेको भेटवार्तापछि उनको भनाइ थियो ।

अमेरिकाले नेपाली सेनालाई  प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्‍याउदै आएको छ ।