एजेन्सी- दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा बम विष्फोट भएको छ । शुक्रबार साँझ ५ बजेर ३० मिनेट जाँदा दूतावास परिसरमा विष्फोट भएको हो ।
विष्फोटमा कोही हताहती नभएपनि केही सवारी साधनमा क्षति पुगेको जनाइएको छ । विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको छ ।
उक्त विष्फोटको असर दिल्ली, उत्तरप्रदेश लगायतका राज्यमा पर्ने सुरक्षा अधिकारीहरुको भनाई छ । विष्फोटपछि सरकारले अयोध्यासहित उत्तरप्रदेशका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै उत्तराखण्डको हरिद्वारमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।