नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं : निर्वाचन आयोग


[ss_social_share]
लेखक : लेखापढी      १६ माघ २०७७, शुक्रबार १९:४२ मा प्रकाशित     
नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं : निर्वाचन आयोग

नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

 नेकपाको ओली समूहले आफूलाई आधिकारिक मान्यता दिएको बताएपछि आयोगले कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको प्रष्ट पारेको हो।

संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि विभाजित नेकपाको दाहाल–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।

एउटा पक्षले त हामीलाई आधिकारिक भनिसक्यो भनेर दाबी गरेको छ नि भन्ने प्रश्नमा पाैडेलले भन्नुभयाे, ‘आधिकारिताबारे कुन पक्ष भन्ने निर्णय गरिसकेको अवस्था होइन । नेकपाको दुइटा गुट भएपनि हामीलाई आधिकारिता देउ भनेर दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन ।’  ‘दुवै पक्षले आधिकारिक हौं भनेर आउँदै नआएको अवस्थामा आयोगले पार्टी फुटाउँदै हिड्ने कुरा भएन’ उहाँले भन्नुभयाे ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •