बलिउड: ‘रामायण’मा ऋतिक र दीपिका राम–सीताको जोडीमा


[ss_social_share]
लेखक : लेखापढी      १६ माघ २०७७, शुक्रबार १४:५३ मा प्रकाशित     
बलिउड: ‘रामायण’मा ऋतिक र दीपिका राम–सीताको जोडीमा

मुम्बई- चलचित्र ‘रामायण’मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण राम र सीताको रुपमा देखिने भएका छन् । चर्चित महाकाव्यलाई निर्माता मधु मन्तेनाले चलचित्रमा उर्तान लागेका छन् । तीन सय करोड लगानीमा बन्ने लागेको सो चलचित्र छायांकनका लागि तयार भइसकेको छ ।

निर्माता मधुको ‘ड्रिम प्रोजेक्ट’ रामायण उनी एक्लैले निर्माण गर्न लागेका हुन् । ठूलो लगानीमा बन्न लागेको यस चलचित्र थ्रीडीमा निर्माण हुनेछ ।

चलचित्रलाई ‘दंगल’ रिलिज गरेका निर्देशक नितेश तिवारीले निर्देशन गर्दै छन् । रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरु ‘फाइनलाइज’ भइसकेका छन् । 
बलिउड हंगामा

50% LikesVS
50% Dislikes
Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares