प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरू र पूर्वसभामुखलाई आफैं उपस्थित भएर जवाफ दिन आदेश


[ss_social_share]
लेखक : लेखापढी      १५ माघ २०७७, बिहीबार १९:०५ मा प्रकाशित     
प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरू र पूर्वसभामुखलाई आफैं उपस्थित भएर जवाफ दिन आदेश

सर्वोच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । 

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका थिए । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेर अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै घिमिरेले रिट निवेदन दर्ता गराएका थिए ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares