प्रधानमन्त्रीविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा मनोज शर्माको इजलासमा


[ss_social_share]
लेखक : लेखापढी      १५ माघ २०७७, बिहीबार १२:१७ मा प्रकाशित     
प्रधानमन्त्रीविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा मनोज शर्माको इजलासमा

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दाको पेशी आजलाई तोकिएको छ ।  प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सर्वोच्च अदालत र न्याय प्रकृयाकै उपहास गरेको भन्दै दायर मानहानी तथा अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ हुने भएको हो ।

शर्माको इजलासमा अवहेलनासम्बन्धी अन्य दुई मुद्दा पनि परेका छन् । चार पूर्व प्रधानन्यायाधीशले जारी गरेको संयुक्त विज्ञप्तिले न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने भन्दै दायर रिट पनि शर्माकै इजलासमा परेको छ । यस्तै, पूर्वसभामुख दमननाथ ढुंगानाले दिएको अभिव्यक्तिबाट न्यायालयको अवहेलना भएको भन्दै दायर रिट पनि उनकै इजलासमा एक साथ सुनुवाइ हुने भएको हो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •