हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । साँखुको शालीनदीमा बिहीबार विधिवत् रूपमा श्रीस्वस्थानी माधवनारायण व्रत सुरु भएको हाे ।
संस्कृति–परम्परा जोगियोस् र ब्रतालुहरूको स्वास्थ्य सुरक्षा पनि होस् भनेर यस्तो व्यवस्था गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।
सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।
श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ\आठ वस्तु पति\पत्नी वा छोरा\छोरीलाई दिइन्छ। प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ। चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैंले खाने गर्छन्।
व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्न कालमा श्रीमहादेवको पूजाआराधना र अघ्र्य दिने चलन छ। त्यस्तै बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने गरिन्छ।