शिक्षकले अश्लील व्यवहार आरोपमा अभिभावक द्वारा बिद्यालय बन्द


[ss_social_share]
लेखक : लेखापढी      १५ माघ २०७७, बिहीबार १७:०५ मा प्रकाशित     
शिक्षकले अश्लील व्यवहार आरोपमा अभिभावक द्वारा बिद्यालय बन्द

 सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका- ३ तरहीस्थित जनता माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत बालिकासँग अश्लील व्यबहार गरेको भन्दै अभिभावकले कारवाहीको माग गरेका छन् । गत सोमबार चौथो घण्टीको समयमा शिक्षक यादवले आफूसँग अश्लील व्यवहार गरेको बालिकाले बताएकी छन् ।

 विद्यालयका प्रधानाध्यापक राजकुमार झाले भने – ‘बालिकाले यस किसिमको मौखिक बयान दिएलगत्तै मंगलबार बैठक बसेर शिक्षकलाई कारवाही गर्ने निर्णय गरेका छौं’ ‘त्यो निर्णयको कापी नगरपालिकामा बुझाएका छौं । अबको प्रक्रिया नगरपालिकाले नै गर्नेछ ।’

बालिकासँग अश्लील व्यबहार गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै अभिभावकले बुधबार विद्यालय सञ्चालन हुन दिएन । ‘अभिभावकले अश्लील व्यवहार गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै विद्यालय सञ्चालन हुन दिएन’ प्रधानाध्यापक झाले भनेका छन्।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •