माउन्ट केटु आरोही नेपालीलाई भारतीय राजदूत क्वात्राले दिए बधाई


[ss_social_share]
लेखक : लेखापढी      १५ माघ २०७७, बिहीबार १६:३९ मा प्रकाशित     
माउन्ट केटु आरोही नेपालीलाई भारतीय राजदूत क्वात्राले दिए बधाई

 काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई बधाई दिएका छन् । निर्मल पुर्जासहितका नेपाली १० आरोहीहरु ३ माघमा विश्वको दोस्रो अग्लो हिमाल के टुको चुचुरोमा पुगेका थिए ।

राजदूत क्वात्राले नेपाली आरोहीहरुको फोटो आफ्नो ट्वीटर मार्फत पोष्ट गर्दै लेखेका छन्,-”रेकर्ड ब्रेकिंग उपलब्धिका लागि केटु आरोहक नेपाली टोलीलाई बधाई। उहाँहरूको अदम्य साहस र टीम वर्कलाई सलाम।’

पाकिस्तानमा पर्ने माउन्ट केटु आरोही नेपाली टोली १३ माघमा काठमाडौंमा फर्किएको थियो । सोही दिन उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सम्मान गरेका थिए । पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुलाई स्वागत गरेका थिए ।

गतहप्ता पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले राष्ट्रपति कार्यालयमा नेपाली आरोहीहरुलाई बोलाएर सम्मान गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •