पारिवारिक कलह: बालबच्चामा हृदय रोग साथै मनोबैज्ञानिक समस्या


[ss_social_share]
लेखक : लेखापढी      १५ माघ २०७७, बिहीबार २०:२३ मा प्रकाशित     
पारिवारिक कलह: बालबच्चामा हृदय रोग साथै मनोबैज्ञानिक समस्या

बालबालिकाहरु हुर्किदै गर्दा घरमा पारिवारिक वाताबरण अति नै शान्त र सकारात्मक हुनु पर्दछ । बर्तमान समयमा कोरोना महामारीले बालबालिकाहरु घर बाहिर वा बिधालय जान सक्ने अबस्था नभएकोले धेरै समय घरमै व्यतित हुने गरेको छ । 

बालबालिकाहरुको स्वाभाब चंचल हुने गर्दछ, नयाँ-नौलो बिषयहरुमा चासो दिने, आफ्नो घरका अग्रजहरुको नक्कल गर्ने, सरसफाई वा भान्सा भित्रको काम नियाल्ने र सिक्न खोज्ने उत्सुक मनोबृति रहेको हुन्छ । उनीहरूको मस्तिष्कको तीव्र विकास हुने अवस्था पनि यहि समय हो ।
बालबालिकाहरुको बोलि-ब्यबहार तथा  सिकाइमा घर परिवार भित्रको वाताबरणले धेरै प्रभाब पर्दछ । आमाबुबाको व्यवहार, सम्बन्ध, बोलीचाली आदिको प्रभाव उनीहरूको मस्तिष्कमा गहिरोसँग रहन्छ । जसको प्रभाव जीवनभर रहन्छ ।
घर परिवारमा सकारात्मक वातावरण छैन वा तनाबपूर्ण अबस्था, सधै आमाबाबु बीच कलह उत्पन्न भइरहेको अबस्था छ भने उक्त असर बालबालिकाको कलिलो मस्तिष्कमा पर्दछ । जसले गर्दा उनीहरूको मानसिक र मनोवैज्ञानिक विकासलाई प्रभावित बनाउँछ ।

बैज्ञानिक अध्ययन ले के भनेको छ ?

जर्नल अफ अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित एक अध्ययनअनुसार बाल्यकालमा प्रतिकूल पारिवारिक वातावरणमा हुर्किएका बच्चाहरूलाई पछि गएर हृदय अर्थात् मुटुको रोग लाग्ने सम्भावना अधिक रहन्छ । खराब पारिवारिक माहोलमा हुर्केका बच्चाहरू वयस्क भएपछि उनीहरूको मुटुमा समस्या देखिन सक्छ ।

बालबच्चाप्रति दुर्व्यवहार गर्ने, आमाबुबा झगडा गर्ने, सधैंजसो कलह र अशान्ति छाउने परिवारमा हुर्किएका बच्चापछि गएर हिंस्रक, क्रोधी हुन सक्छ । त्यसो त सानै उमेरमा पनि उनीहरू डिप्रेसन, एन्जाइटी जस्ता समस्याले ग्रसित हुन सक्छन् । खराब पारिवारिक माहोलमा हुर्किएका बच्चाहरुमा हीनताबोध हुने, झगडालु स्वभावका हुने, लागुऔषधको लतमा फस्ने सम्भावना पनि अत्याधिक हुन्छ ।

उनीहरूमा असामाजिक वा साथीभाइसँग घुलमिल नहुने स्वभाव विकास हुनपुग्छ । बच्चाहरुमा एकलकाटे स्वाभाबको बिकास हुन्छ ।

बुबाआमाको झगडा वा एकअर्काले गर्ने खराब व्यवहारको कारण बालबच्चाले रचनात्मक क्षमता समेत गुमाउन सक्छ । उनीहरूको सिर्जनशीलता प्रस्फुटन हुन पाउँदैन ।

खराब पारिवारिक माहोलमा हुर्किएका बच्चाहरू सधैं भयाभित रहने हुन्छ । उनीहरूमा असुरक्षाको भाव रहन्छ ।

समाधान कसरि गर्ने त ?
परिवार भित्र सामान्य बादबिबाद, मतभेद, कलह हुनु स्वाभाविक नै हो तर सधै यस्तो वाताबरणमा बच्चाहरु रहनु हुदैन । आमाबुबा बीच वा अन्य पारिवारिक मतभेद हुदा बच्चाहरुको बिचमा गर्नुहुदैन । यस्ता बादबिबाद, भनाभनले ठुलो असर पर्ने देखिन्छ । 

सकेसम्म बच्चाहरु घरमा नभएको समयमा छलफल गरि समाधान गरिसक्नुपर्दछ वा बच्चाहरुबाट आफु अर्को कोठा वा अन्य स्थानमा गएर समस्याको समाधान गर्ने बानीको विकास गर्नुपर्दछ । स- साना बिषयहरुमा विवाद गर्नु, भनाभन गर्नु अगावै बच्चाहरुको बारेमा सोच्नुपर्दछ ।
पारिवारिक वाताबरण सधै सुखमय शान्त राख्न सके मात्र बालबिकासमा ठुलो सफलता मिल्नेछ र उज्ज्वल भबिष्यको लागि सहयोग पुग्नेछ ।

 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •