काठमाडौँ- नेपाली साहित्यिक क्षेत्रमा सियारा आचार्यका नामले परिचित सुरेश आचार्य नेपाल सरकारको विशिष्ठ श्रेणी सचिव पदमा कार्यरत रहेका छन्।
आफ्नो पेशागत कार्यबाट बचेको समयमा साहित्य सिर्जना गर्न रुचाउने सर्जक सियारा आचार्यको सृजनामा ”प्रेरणा दियौ” नामक गीत बजारमा आएको छ ।
प्रेरणा एल्बममा संग्रहित उक्त गीतको म्युजिक भिडियो ओसिस मिडियाको प्रस्तुतिमा बजारमा आएको हो ।
उक्त गीतमा बरिष्ठ गायक नरेन्द्र प्यासीको सुमधुर स्वर सुन्न सकिन्छ । ओएसआर डिजिटल मार्फत सार्बजनिक भएको गीतमा विपिन घिमिरेको संगीत रहेको छ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको रमणिय स्थानहरुमा छायाँकन गरिएको गीतको म्युजिक भिडियोमा सुनिल थापा र निसा खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन जीवन राज टण्डनले गरेका हुन् भने छायांकन तिलक गौतम र सम्पादन मेख थापाले गरेका छन् ।
श्रृंगारीक रसको उक्त गीतको भिडियोले प्रेमिल जोडीको कथा अभिव्यक्त गरेको छ ।