डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या


[ss_social_share]
लेखक : लेखापढी      १५ माघ २०७७, बिहीबार १४:५९ मा प्रकाशित     
डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या

जनकपुरधाम । धनुषामा एक जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो ।

टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ । रेग्मीको शव बुधबार बिहान ९ बजेतिर फेला परेको उनका आफन्त बिनोद पाण्डेले जानकारी दिए ।

रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ चुआरेका बासिन्दा हुन् । उनी मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । साँझ ७ बजेतिर आफ्नो उद्योग आएका उनी साथीभाइसँग बसेर मदिरा समेत सेवन गरेको पाण्डेले बताए । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको छ’ पाण्डेले भने, “तर बिहान मृत फेला परे ।” प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ । 

घर परिवारलाई थाहै नदिई प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि अस्पताल पठाएको उनको भनाइ छ । पछि हामीले थाहा पाएर यहाँ आउादा शव प्रादेशिक अस्पताल जनकपुरधाम पोष्टमार्टमका लागि पुर्‍याइसकिएको उनले बताए ।

घट्ना शंकास्पद रहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पनि रक्ताम्य अवस्थामा पाण्डेको शव फेला परेको बताए । ‘घट्ना शंकास्पद देखिन्छ,’ उनले भने, “शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अगाडि बढाइएको छ ।”

मृतकका आफन्तले रेग्मीको शवको परीक्षण घोपा क्याम्प धरानमा गर्नुपर्नेमा जोड दिएका छन् ।

मृतक रेग्मीसहित चारजना मिलेर महेन्द्रनगरमा डिष्टिलरी सञ्चालन गरेका छन् । उनी डिष्टिलरीका निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares