जनकपुरमा मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप


[ss_social_share]
लेखक : लेखापढी      १४ माघ २०७७, बुधबार १५:१० मा प्रकाशित     
जनकपुरमा मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो तर साेही सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् ।

प्रदेशका आन्तरिक मामिलामन्त्री यादवले पहिलो खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीको दाबी छ ।

मुख्यमन्त्री लालबाबु राउत वीरगञ्जको नारायणी अस्पतालमा भएको एक कार्यक्रमबीच खोप अभियानको शुभारम्भ गरे भने प्रादेशिक अस्पताल जनकपुरधाममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफैं पहिलो खोप लगाएर शुभारम्भ गरेका छन्। 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •