चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा दर्ता


[ss_social_share]
लेखक : लेखापढी      १४ माघ २०७७, बुधबार १४:४८ मा प्रकाशित     
चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा दर्ता

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको हो ।

सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मद्दुामा प्रष्टरुपमा न्यायिक निरुपणको कार्यलाई प्रभाव पार्ने र अदालतप्रति जनताको विश्वास घटाउनेगरी गरिएको कार्य अदालतको अवहेलना भएको हुँदा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को (४) बमोजिम हदैसम्म सजाय माग गरिएको छ ।

चार पूर्वप्रधानन्यायाधीशले पुस २४ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक  भनेका थिए। 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •