तीन महिना भित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री


तीन महिना भित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरूद्ध खोप पाउने बताएका छन्। उनले खोप निःशुल्क उपलब्ध गराउने बताए । 

वालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताए । खोप अभियान शुरु भए पनि मास्क लगाउने, समाजिक दुरी कायम गर्ने जस्ता काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन्। थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।