सामाजिक सञ्जालको सदुपयोग आजकाे आवश्यकता


लेखक : लेखापढी      १३ माघ २०७७, मंगलवार १३:१५ मा प्रकाशित     
सामाजिक सञ्जालको सदुपयोग आजकाे आवश्यकता

मानव जीवनको सुरुवात सङ्गै सिक्ने र सिकाउने प्रक्रिया जीवनपर्यन्त सम्मै हुन्छ । आज २१ औं शताब्दीमा आधुनिक प्रविधिको बिकास संग-संगै सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गइरहेको छ । सामाजिक सञ्जालकाे प्रयाेग हाम्रो जीवनकाे एक अभिन्न हिस्सा हुन पुगेकाे छ  । सुचना र प्रविधिकाे विकाससँग सँगै सामाजिक सञ्जालले गर्दा विश्वलाई नैं एउटा सानाे गाउँ बनाइ दिएकाे छ । 

सामाजिक सञ्जालकाे प्रयाेग हाम्रो जीवनकाे एक अभिन्न हिस्सा हुन पुगेकाे छ  । सुचना र प्रविधिकाे विकाससँग सँगै सामाजिक सञ्जालले गर्दा विश्वलाई नैं एउटा सानाे गाउँ बनाइ दिएकाे छ । 

एक ठाँउको कुरा/खबर अर्को ठाँउ पुर्याउने या भनौ खबर आदान-प्रदान मानव समुदायकाे आबश्यकता हाे र परापूर्व कालदेखि नैं मानव जातिले व्यक्ति व्यक्ति वा समुदायहरूबीच विभिन्न माध्यमबाट खबरहरू आदान प्रदान गर्दै आइरहेका छन् । समयकाे क्रमसँग-सँगै सञ्चारका माध्यमहरू परिवर्तन हुँदै गए  र विस्तारै विस्तारै यसमा विकास हुँदै गयाे । अझ २१ औ शताब्दीलाइ त सुचना र प्रविधिकाे युग नैं भनिन्छ । 

सामाजिक सञ्जाल भनेकाे कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यम हाे ।

१९ औं सताब्दीमा जे थाहा पाउनु थियो महिनौ बर्षौ कुर्नु पर्दथ्याे र कुनै देखेरै बुझ्नु पर्ने अवस्था आउदथ्यो र त्यसका लागि स्वयं प्रत्यक्ष उपस्थित हुनु पर्थ्यो । कति सम्भब हुन्थे भने कति हुदैन थिए ।  समयक्रमसँगै सञ्चार र प्रविधिकाे विकासले असम्भव लाग्ने धेरैलाइ सम्भव बनाइ दिएकाे छ । यिनै मध्ये सामाजिक सञ्जाल पनि एक हाे । सामाजिक सञ्जाल भनेकाे कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरु आदानप्रदान गर्न प्रयोग गरिने माध्यम हाे । आज यिनै सामाजिक संजालको पहुँचले समयसङ्गै मानिसलाई जागरूक बनाउन, जानकारी दिने र लिने कार्यमा मुख्य भुमिका निर्वाह गरेको छ । 

सामाजिक संजाल अन्तर्गत धेरै माध्यमहरु पर्दछन ती मध्ये सबैभन्दा बढी लाेकप्रिय फेसबूक हो । सन २००४ फेब्रुअरीमा मार्क जुगरबर्गले फेसबूकको स्थापना गरेका हुन। खबर आदानप्रदान गर्ने थुप्रै माध्यम भएता पनि फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो । फेसबुकका माध्यमबाट विश्वका जुनसुकै स्थानमा घटित घटनाहरू तत्कालै बाहिर आउछन, समाजमा लुकेका विकृतीहरु पर्दाफास हुने जस्ता विषयमा फेसबूकको भुमिका महत्त्वपूर्ण रहेको छ । 

आजभाेली सामाजिक सञ्जालका माध्यमबाट नैं विराेध र समर्थन, दबाब लगायतका परिवर्तनका लागि आन्दाेलन समेत हुने गरेका छन् ।

सामाजिक संजाल फेसबूक निकै उल्लेखनीय कामको भागिदार बनेको छ। सामान्य उदाहरण हामी कुनै टाढाको बाटो एक्लै यात्रा गर्ने क्रममा कुनै अप्रिय र अमानवीय घट्ना घटेको देख्याैं भने केही गर्न सक्ने उपाय नहुँदा एउटा फोटो/तस्विर लिएर अथवा स्टाटस बनाएर फेसबूक मार्फत सार्वजनिक गर्न सक्याै भने घट्नाले या भनौ पिडितले न्यायको बाटो देख्ने छ । आजभाेली सामाजिक सञ्जालका माध्यमबाट नैं विराेध र समर्थन, दबाब लगायतका परिवर्तनका लागि आन्दाेलन समेत हुने गरेका छन् । सामाजिक सञ्जाल राजनीतिकाे संसाधन समेत बनेकाे छ किनभने यसबाट सूचनाहरू यतै चाँडै जनतासमक्ष पुग्दछन् र प्रभावमा  पार्न सहज हुन्छ  । सामाजिक सञ्जालले मानिसहरूका दवित, उत्पिडित आवाजहरूलाइ सहज र सरल तवरमा न्यायकाे बाटाेमा लान सहज बनाइदिएकाे छ । 

काेरोना भाइरस(covide19) महामारीले विश्वका हरेक क्षेत्रलाइ प्रभावित बनाएकाे थियाे र वर्तमान अवस्थामा पनि यसकाे प्रभावबाट मुक्त हुन सकेकाे छैंन् । विश्वभरका प्राय जसाे सबै देशले लामाे समयसम्म बन्दाबन्दिमा परे यसबाट हाम्राे देशपनि अछुताे रहेन । यस अवस्थामा सबै काम क्रियाकलाप बन्द भै अस्थिर अवस्थामा रहँदा यीनै सामाजिक संजालहरू मात्र मानिसका साथी बने । भाैतिक दुरी अपनाउनु पर्ने कारणले सामाजिक सञ्जाल नैं खबर आदान प्रदान गर्ने माध्यम बने । सामाजिक संजाल र ईन्टरनेटका माध्यम नैं उपयाेगी बने । संस्थाका काम, विभिन्न फायल कागजपत्रको तयारी, विद्यालयको पठपाठन जस्ता आदि इत्यादि काम सामाजिक संजालबाट बनेका छन । यसरी नै सामाजिक संजाल र ईन्टरनेटको सहि सदुपयोग हुँदै आयो भने भोलिका दिनमा हामिले ८० प्रतिशत काम घर भित्रबाट नै गर्न सक्छौ ।

मानिसहरूका अमूल्य समयमा सामाजिक सञ्जालमा बढी नचाहिदो च्याट र टाइम पासको लागि प्रयोग भैरहेको छ । यिनै नचाहिने काम र सोचाइले समाज बिकृती तिर ढ्ल्किरहेको पनि हामी अनुमान गर्न सक्छौ ।

सामाजिक सञ्जालका सकारात्मक पक्षहरू धेरै हुँदा हुँदै पनि यसका नकारात्मक पक्षहरू पनि थुप्रै रहेका छन् । मानिसहरूका अमूल्य समयमा सामाजिक सञ्जालमा बढी नचाहिदो च्याट र टाइम पासको लागि प्रयोग भैरहेको छ । यिनै नचाहिने काम र सोचाइले समाज बिकृती तिर ढ्ल्किरहेको पनि हामी अनुमान गर्न सक्छौ । आज समाजमा यसकाे सहि सदुपयोग गरिएन र फेसबूकलाइ नै आधार बनाएर आत्महत्या गर्ने, विभिन्न साइबर क्राइमका केशमा फस्ने जस्ता यावत र वाइयत कुराहरुलाइ आधार बनाएर सामाजिक संजालको दुरुपयोग तिर मानिस आकर्षित भएको पाइन्छ । सामाजिक सञ्जाल अवास्तविक (भर्चुअल) भएकाेले सामाजिक दुरी र मानिसहरूलाइ समाजबाट एकलकाटे बनाउन पनि सक्दछ र मानिस असामाजिक पनि हुन सक्दछ । 

सामाजिक सञ्जाल वर्तमान समयमा क्षमता अभिवृद्धिका प्रमुख संसाधन भएकाे छ त्यसैले सामाजिक सञ्जाललाइ एउटा अवसरकाे रूपमा प्रयाेग गर्नु पर्दछ  ।

अन्तमा, हामिले प्रत्येक पटक सामाजिक सञ्जालकाे प्रयोग गर्नु भन्दा पहिला के को लागि र किन गर्दैछु ? कति समय गर्छु ? भन्ने  साेचबिचार गर्नु पर्दछ ताकि यसकाे दुरूपयाेग नहाेस । सामाजिक सञ्जाल वर्तमान समयमा क्षमता अभिवृद्धिका प्रमुख संसाधन भएकाे छ त्यसैले सामाजिक सञ्जाललाइ एउटा अवसरकाे रूपमा प्रयाेग गर्नु पर्दछ  । सामाजिक सञ्जाललाइ समाज अनुकुल, सामाजिक व्यवहार अनुकुल बनाइ, सामाजिक गतिविधि गरियाे भने पक्कै पनि यसकाे उपयाेग मानव जातिका लागि उदाहरणीय हुनेछ ।  एउटा सामाजिक सञ्जाललाइ आफ्नो उद्देश्यको आधार बनाउन सकियो भने पक्कै पनि सदुपयोग हुनेछ !


शिशिर विश्वकर्मा
धनगढी


write and send your creation us : lekhapadhimedia@gmail.com