सामाजिक सञ्जालमा भाइरल अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      १३ माघ २०७७, मंगलवार २१:२१ मा प्रकाशित     
सामाजिक सञ्जालमा भाइरल अर्जुन जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ

काठमाडाैं । छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् ।

उनलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको हो ।  उक्त अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतले भने अर्जुनविरुद्ध बालिका बलात्कारको अभियोग आकर्षित हुने देखिएको बताए ।

१३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •