प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनका कार्यक्रमहरू घोषणा


प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनका कार्यक्रमहरू घोषणा

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।  घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।