रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’ का गायक, सारंगी संरक्षणका अभियन्ता धनबहादुर गायक


[ss_social_share]
लेखक : लेखापढी      १३ माघ २०७७, मंगलवार ११:५८ मा प्रकाशित     
रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’ का गायक, सारंगी संरक्षणका अभियन्ता धनबहादुर गायक

गन्धर्व संस्कृतिका धरोहर लोक-कलाकार धनबहादुर गायक निधन भएको छ ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो । उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुललगायतका गीतहरु चर्चित छन् ।

गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । पोखराको बाटुलेचौर निवासी गायक झलकमान गन्धर्व सारंगी पाठशाला खोलेर नयाँ पुस्तालाई संगीत सिकाउँदै आएका थिए ।

उनले धनबहादुरलाई एक कुशल सारंगीवादक मात्र नभएर मादलवादक, लोकसंगीतका प्रशिक्षक तथा नयाँ पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व थिए । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पुर्‍याएको योगदान निकै महत्वपूर्ण छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •