नागरिक मार्चमा प्रहरी हस्तक्षेप, पानीको फोहोरा र लाठी


नागरिक मार्चमा प्रहरी हस्तक्षेप, पानीको फोहोरा र लाठी

कमलपोखरीबाट बालुवाटार गएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपमा पत्रकार तथा अभियन्ता नारायण वाग्लेसहित कैयौँ घाइते भएका छन् ।

बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो ।

 शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।