ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड–माधव समूहको निर्णय


[ss_social_share]
लेखक : लेखापढी      ११ माघ २०७७, आईतवार १९:२६ मा प्रकाशित     
ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

यसअघि पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएका ओलीलाई पार्टी केन्द्रीय कमिटी बैठकको अधिकार प्रयोग गरी साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •