कन्चनपुरमा देवर-भाउजुको होटल कोठा भित्र मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      ११ माघ २०७७, आईतवार १४:५१ मा प्रकाशित     
कन्चनपुरमा देवर-भाउजुको होटल कोठा भित्र मृत्यु

महेन्द्रनगर-  बैतडीको पाटन नगरपालिका-८ का देवर-भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरु दुई दिनअघि घरबाट भागेर निस्केका थिए भन्ने पारिवारिक स्रोतले बताएको छ । 

 २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर-भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ ।

‘भाउजूको हिजो बेलुकी ५ : १५ बजे र देवरको राति ११ : ३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,’घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ देवर-भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।

‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन, खाँदा बिरामी परेँ भन्थे’, थापाले भन्नुभयो, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’

प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ । कंचनपुर प्रहरी घटनाको छानबिनमा सक्रिय भैसकेको जानकारी प्रहरी प्रबक्ताले बताएका छन् । 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares