पीएम कप: वाग्मती प्रदेशले लुम्बिनीलाई जितका लागि २२१ रनको लक्ष्य


पीएम कप: वाग्मती प्रदेशले लुम्बिनीलाई जितका लागि २२१ रनको लक्ष्य

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि २२१ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनायो । वाग्मतीका लागि आदिल खान र इशान पाण्डेले अर्धशतकीय पारी खेले ।

८७ बल खेलेका आदिलले ५५ रन बनाउन सफल भए । त्यस्तै ५३ बल खेलेका इशानले ५१ रनको योगदान गरे ।
त्यस्तै आकाश थापाले ३९ रन बनाउँदा पृथु बास्कोटाले २९ रन बनाए । 

बलिङतर्फ लुम्बिनीका लागि देवेन्द्र रावलले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कृष्ण कार्की र सन्दीप सुनारले दुई–दुई विकेट लिए । 

आजको खेलमा वाग्मती चौथो जित निकाल्दै आफूलाई सेमिफाइनलमा पुगाउने योजनामा छ । वाग्मतीले यसअघि पुलिस, सुदूरपश्चिम र प्रदेश-२ लाई हराएको थियो ।