सुदूरपश्चिममा कोरोनाविरुद्धको १६ हजार मात्रा खोप लक्षितबर्गलाई लगाइने


सुदूरपश्चिममा कोरोनाविरुद्धको १६ हजार मात्रा खोप लक्षितबर्गलाई लगाइने

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्धको १६ हजार मात्रा खोप यहाँ पठाउन लागेको छ ।

सुदुरपस्चिम प्रदेश सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए । उनँले यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए ।

यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ ।

 भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्ध खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो । 
प्रारम्भिक जानकारीअनुसार यहाँका जिल्लाबाट करिब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्यांक निर्देशनालयमा पुगेको जोशीले बताए । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोरानाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएको निर्देशनालयको तथ्यांकले देखाएको छ ।