काेभिड-१९ को बिश्वब्यापी महामारी फैलिरहेको बेला अहिले विश्वका बिभिन्न मुलुकहरुले काेभिड-१९ बिरुद्ध भ्याक्सिन लिइरहेका छन् । हाम्रो देश नेपालमा पनि भर्खर Serum Institute of India Pvt. Ltd ले उत्पादन गरेको COVISHIELD नामक भ्याक्सिन १० लाख डोज आइपुगेको र उक्त कोभिड खोप अभियान सञ्चालन गर्न लागि रहेकाे छ ।
नेपालमा पनि भर्खर Serum Institute of India Pvt. Ltd ले उत्पादन गरेको COVISHIELD नामक भ्याक्सिन दश लाख डोज आइ पुगेको र केहि दिन भित्र कोभिड खोप अभियान सञ्चालन गरिरहेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान सुभारम्भ गरिने बताएका छन् । पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने पहिलो लक्षित समुहमा परेका छन् । विस्तारै याे खाेप सर्वसाधारणलाइ समेत उपलब्ध हुनेछ । त्यसैले यो भ्याक्सिन बारे सामान्य जानकारी गराइएकाे छ ।
योपहिलो पटक चीनको वुहान सहरबाट फैलिएको SARS-Cov-2 भाइरस ले गर्दा हुने रोग हो । यो मान्छे बाट मान्छेमा सर्दै विश्व महामारीको रुप लिएको सर्वविदितै छ, जसबाट विश्वभरि २० लाख मानिसहरुले ज्यान गुमाउनु परेको छ । यो भाइरसले विशेषत श्वासप्रश्वास प्रणालीलाइ असर गर्छ । भाइरसले संक्रमण गरेकाे २-१४ दिनमा यसका लक्षणहरू देखिन्छन् ।
यसका लक्षणहरुमा टाउको दुख्ने, ज्वरो आउने, पसिना आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्राे हुने, थकाइ लाग्ने, शरीर दुख्ने, स्वाद हराउने, गन्ध थाहा नपाउने, घाटी दुख्ने, बान्ता हुने, डाइरिया लाग्ने र शरिरमा अक्सिन को मात्रा कम हुने आदि हुन् । यो रोगको डिफीनेटिभ उपचार नभएकोले सिमटोम्याटिक उपचार नै गर्ने गरिएको छ । तर हाल भने जर्मनी र भारतमा यस बिरुद्द भ्याक्सिन (खाेप) उत्पादन भइसकेकाे छ ।
COVISHIELD भ्याक्सिन (खाेप) कोभिड-१९ रोग विरुद्द लड्न हाम्रो शरिरमा इम्युनिटी (रोग संग लड्न सक्ने शक्ति, राेग प्रतिराेधात्मक क्षमता) उत्पादन गर्ने भ्याक्सिन (खाेप) हो । यो खाेप भारतको Serum Institute of India Pvt. Ltd ले उत्पादन गरेको हो । यो भ्याक्सिन (खाेप) मुख्यत १८ बर्ष र सो भन्दा माथिका मानिसहरुमा SARS-CoV-2 ले हुने कोभिड-१९ राेगबाट बच्न दिइन्छ ।
के छ यो भ्याक्सिन (खाेप)मा
यसमा L-histidine, L-histidine hydrochloride monohydrate, Magnesium chloride hexahydrate, Polysorbate, Ethanol, Sucrose, Sodium Chloride, Disodium Edetate, र water मिसिएको हुन्छ ।
कोभिड खाेप लिनु पुर्ब डाक्टरलाइ जानकारी गर्नुपर्ने कुराहरु
कोभिड भ्याक्सिन कसले लिने, कसले नलिने ?
कसले लिने: यो भ्याक्सिन मुख्यत १८ बर्ष र सो भन्दा माथिका सबै मान्छेहरुले लिने
कसले नलिने: उक्त भ्याक्सिनमा राखिएका कुराहरुको एलर्जी छ भने र पहिलो ड़ोजले एलर्जी गरायो भने मात्र
कोभिड भ्याक्सिन कहाँ, कसरि, कति डोज लिने ?
यो भ्याक्सिन मासुमा ( intramuscular) इन्जेक्ट गरिछ, यसको एउटा डोज 0.5ml को हुन्छ र दुई ड़ोजमा दिइन्छ । पहिलो ड़ोज लिएको चार देखि छ हप्ता पछी दोश्राे डोज दिइन्छ तर कथम कदाचित दोश्राे डोज ढिलो भएमा भने बाह्र हप्ता भित्र लिइ सक्नु पर्ने हुन्छ । दोस्रो डोज लिनु अत्याबस्यक नै मानिएको छ । यदि दोश्राे डोज लिएन भने भ्याक्सिनले काम गरेको मानिदैन र फेरी शुरु देखि लिनु पर्ने हुन्छ । त्यसैले याे खाेपकाेे दाेश्राे डाेज पनि अनिवार्य मानिएकाे छ ।
यो भ्याक्सिनका फाइदाहरु के के छन् ?
यो भ्याक्सिनको क्लिनिकल ट्राइलले देखाउछ कि यो खाेपको दुइ डोज लिएको चार हप्ता पछि कोभिड-१९ लाग्नबाट पूर्ण रुपमा बचाउछ तर कतिसम्म बचाउछ भने एकिन गर्ने सकिएको छैन ।
यसका साइड इफेक्टहरु के के छन् ?
प्रायः सबै जनामा हुने : सुइ लाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, चिलाउने, थकाई लाग्ने बिरामी जस्तो महसुस हुने, टाउको दुख्ने, ज्वराे आएको जस्तो हुने, बान्ता होला जस्तो हुने, जोर्नी दुख्ने
दश जनामा एक जनामा हुने : सुई लागको ठाउँमा गाठो बन्ने, ज्वराे आउने, बान्ता हुने, फ्लु जस्तो लक्षण देखिने
सय जनामा एक जनामा हुने : आलस्य लाग्ने, खाना मन नहुने, पेट दुख्ने, लिम्फ़ नोड बढ्ने, पसिना धेरै आउने, शरिर चिलाउने
सिरियस साइड इफेक्ट भएमा के गर्ने ?
– यदि एलर्जीक रियाक्सन भै सिरियस भएमा तुरुन्त हस्पिटल जाने
– अरु असामान्य लक्षण देखिए चिकित्सक कहाँ सल्लाह लिने
के कोभिड भ्याक्सिन लिनै पर्ने हुन्छ र ? यो भ्याक्सिन लिने वा नलिने तपाईमा भर पर्छ, यदि भ्याक्सिन लिनै पर्ने समुहमा परे लिनु पर्ने नैं हुन्छ ।
के यो भ्याक्सिनले कोभिड रोग हुन सक्छ ? यो भ्याक्सिनमा SARS-Cov-2 भाइरस छैन , त्यसैले यो भ्याक्सिनले कोभिड इन्फेक्सन हुन सक्दैन ।
डा. डबल बहादुर धामी
(एसीसटेन्ट प्रोफेसर)
फर्मकोलोजी डीपार्टमेन्ट
नेपालगंज मेडिकल कलेज
Mailing Address: lekhapadhimedia@gmail.com
www.lekhapadhi.com