यो मनको मझेरीमा तिमि किन अटाएनौ !
घुम्दै-फिर्दै रुम्जाटार खोज्यौ किन भेटाएनौ ?
जुनकिरीको पिल-पिलले अधेरो छेकिएन !
सधैभरि बितण्डा भो अझै किन चेटाएनौ ?
चारैतिर अधियारो सन्नाटाले छाउदै आयो !
रुमल्लिदै हिडीरह्यौ अझै किन पत्याएनौ ?
भोलिबादका मिठा सपना, सपना मात्रै भए !
तिर्सना मात्रै मेटीरह्यौ गल्ति किन सच्याएनौ ?
रघुबीर चन्द
बेदकोट नगरपालिका
कंचनपुर, सुदुरपस्चिम