विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको निधन


विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको निधन

काठमाडौँ- रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, भलबारीका कार्की लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएको थिए । 

पावर लिफ्टिङका विश्व कीर्तिमानी खेलाडी रुप कार्कीको हृदयाघातका कारण निधन भएको हो । अन्तर्राष्ट्रिय पावर लिफ्टिङ खेलमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका रुप कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

उनी केही समयअघि नेपाल आएर भरबारीमै बस्दै आएका थिए । शुक्रबार बिहान एक्कसि मुटुको चालमा गडबडी हुँदा उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै निधन भएको जनाइएको छ ।

पावर लिफ्टर कार्कीले ४४-४९ वर्ष उमेर समूह र २२० पाउन्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको यूएसपीएल प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेका थिए ।
त्यसैगरी उनले २०१९ मा आयरल्यान्डको लाइमेरिकमा भएको पावर लिफ्टिङको मास्टर-२ प्रतियोगितामा सयभन्दा बढी देशका करिब सात सय प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदकसँगै विश्व कीर्तिमानसमेत बनाएका थिए । उनले २०१९ कै जुलाईमा ५०–५४ वर्ष उमेर समूहको २२० पाउन्ड तौलमा समेत स्वर्ण पदक प्राप्त गर्दै आयरल्यान्डमा सम्पन्न आईपीएल प्रतियोगितामा छनोट भएका थिए ।