तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै प्रचण्डको आत्मालोचना (भिडियाे सहित)


[ss_social_share]
लेखक : लेखापढी      ९ माघ २०७७, शुक्रबार १९:१४ मा प्रकाशित     
तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै प्रचण्डको आत्मालोचना (भिडियाे सहित)

नेकपा अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । 

 

नेकपा (प्रचण्ड-माधव) पक्षद्वारा अायाेजित सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको समेत स्वीकार गरे ।

ओलीले पार्टीको विधान नमान्ने, पार्टीभित्रका सहमति नमान्ने मात्रै नभइ देशको संविधान नै नमान्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नै नमान्ने र विध्वंसतिर जाने काम गरेको दाहालको भनाइ थियो । 

सभामा प्रचण्डले  प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •