काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको बताउनुभयो ।
प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’ उनले त्यसो भन्दा कार्यकर्ता हाँसेका थिए ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओलीले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने स्पष्ट पारेका छन् । संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।
उनले शक्ति भनेको के हो ? भनेर आफूहरुले देखाउने पनि सुनाए । उनले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।