संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।
नेकपाले आज काठमाडौंका ९ स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि सवारी अस्तव्यस्त बनेको हो । जसका कारण नागरिकलाई समेत सास्ती भएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ ।
गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।