प्रतिनिधिसभा विघटन मुद्दा : राजपत्रमा प्रकाशित सूचना माग


[ss_social_share]
लेखक : लेखापढी      ८ माघ २०७७, बिहीबार १९:२५ मा प्रकाशित     
प्रतिनिधिसभा विघटन मुद्दा : राजपत्रमा प्रकाशित सूचना माग

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि बिहीबारकाे सुनुवाइ सकिएकाे छ ।

प्रतिनिधिसभा विघटन विवादमा दायर भएका एक दर्जन रिटमाथिको बहस संवैधानिक इजलासमा थप पेचिलो बन्दै गएको छ।  बिहीबारको सुनुवाइमा  संवैधानिक इजलासबाट कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न सोधिएको छ। 

बिहीबारकाे बहसका क्रममा कानुन व्यवसायीले संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना आजसम्म राजपत्रमा प्रकाशित नभएको विषय उठाएका छन्। मन्त्रिपरिषदको सिफारिस बमोजिम गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन सदर गरेको सूचना राष्ट्रपति कार्यालयले जारी गरे पनि राजपत्रमा प्रकाशित नभएको प्रश्न निवेदकका कानुन व्यवसायीको छ।

बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको निर्णय राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै रहेको तर राजपत्रमा प्रकाशित नगरिएको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

आजकाे बहसमा रिट निवेदकतर्फका कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्याैपाने, ओमप्रकाश अर्याल थिए । रिट निवेदक २५ वर्षीय समृत खरेलले पनि १५ मिनेट बहस गरे । 

बहस केपी ओली नेतृत्वको सरकार संविधानकाे धारा ७६ को उपधारा १ अनुसारको हो कि २ अनुसारको भन्नेमै केन्द्रित रह्याे ।  

बुधबार ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलेसमेत बहस गरेका थिए। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गरेपछि सर्वोच्चले गरेको व्याख्यामा ध्यान दिनसमेत भण्डारीले आग्रह गरेका थिए। 

 

 

50% LikesVS
50% Dislikes
Spread the love !
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares