भारतले अनुदानस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो


भारतले अनुदानस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोभिसिल्ड खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डयाको उत्पादन हो । 

सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ ।