चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै, के छ पर्ने सम्भावना


[ss_social_share]
लेखक : लेखापढी      ८ माघ २०७७, बिहीबार १२:२३ मा प्रकाशित     
चन्द्रागिरीको आईपीओ भोलि बाँडफाँट हुँदै, के छ पर्ने सम्भावना

चन्द्रागिरी हिल्सको आइपीओ भाेलि शुक्रबार (माघ ९ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (माघ ७ गते) नै सम्पन्न भइसकेको छ । 

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६३१ वटा आवेदन रद्ध भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् । 

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares